आज १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस