रावा इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले हाल कायम जारी पूँजी रु. २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु। १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस