सरकारद्वारा नेपालगन्जको ड्रिमल्याण्ड होटेल र क्यासिनो पनि बन्द

नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेलमाथि कारबाही बढाएका छन् ।

उनले मंगलबार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।

सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।

मन्त्री आलेको सक्रियतापछि पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा क्यासिनो रोयल्टीबाट ६५ करोड रुपैयाँ संकलन गरिसकेको छ । रोयल्टी नतिर्ने क्यासिनो र त्यसमा रहेको होटेल भने कारवाहीमा परेका हुन ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस