तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुरले नगर कमिटि विस्तार गरेको छ । नगरका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’को प्रमुख आतिथ्यमा भएको बैठकले नगर कमिटि विस्तार गरेकोहो ।
केन्द्रको विधानअनुसार निर्वाचित नगर कमिटिले १५ प्रतिशत मनोनित गर्न पाउने व्यवस्था भएपछि थप २१ जनालाई नगर कमिटिमा मनोनित गरिएको हो । मनोनित हुनेहरुमा कुलप्रसाद सापकोटा, सुरविर वली, शिव चौधरी, सिता राजभण्डारी, प्रेम खनाल, भुमिलाल चौधरी पबित्रा रोका, लिलामनी बाठा, इन्दिरा वली, दामोदर बस्नेत(राकेश), दिपक बोहरालाई मनोनित गरिएको हो ।
त्यस्तै धनबहादुर क्षेत्री, मानबहादुर वली, देवा कार्की, प्रकाश वली, गोपी चौधरी, शुरेस आचार्य, प्यारी चौधरी, कालुराम चौधरी, दुर्गा विक, निमा खत्रीलाई पनि नगर कमिटिमा मनोनित गरिएको छ ।
नगर सचिव तुलाराम भण्डारी ‘बारुद’काअनुसार विभिन्न विभागहरु पनि गठन गरिएको छ । जसअनुसार शिक्षा विभाग, स्वास्थ्य विभाग, प्रशासन विभाग, खानेपानी विभाग, सिंचाई विभाग, प्रचार विभाग, युवा विभाग, जनसंस्कृति विभाग, भूमि व्यबस्था तथा सहकारी विभाग, सरकार समन्वय विभाग, बन व्यवस्थापन विभाग र कृषि तथा भेटनरी विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु चयन गरिएको छ ।