गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ (अक्टोबर १२) मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस