दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै धम्की दिने पक्राउ

दाङ । दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै धम्काउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १० बजेतिर कोठातर्फ जाँदै गरेको अवस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खड्कालाई धम्काउएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही १७ कर्जाही निवासी २५ बर्षीय छ्याक्ने भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा आएका दुई जना ब्यक्तिहरुले एक्कासी आएर पीडित दुबै जनालाई अपशब्द प्रयोग गरी हातपात समेत गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुले आफूहरु प्रहरीको सई भएको र खानतलासी गर्नुपर्छ भनी पीडितहरुको साथमा रहेको २ थान मोबाईल फोन र चार हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

उनलाई संकास्पद अवस्थामा फेला पारि बयान लिंदा प्रहरीको सई भएको भनी आफूहरुले लुटपाट गरेको स्वीकार गरेको समेत रिजालले बताए । रिजालकाअनुसार उनको साथबाट लुटिएको मोबाईल समेत बरामद गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस