दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।

बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस