बिजौरी । प्रकृतिको निशुल्क कुचिकार गिद्ध दिनदिनै मर्दै गइरहेका छन् । तुलसीपुर उपमहानगरपालिका १७ मंगरीमा गएको शुक्रबार एउटा लोपोन्मुख डंगर गिद्ध मरेको भेटिएको थियो भने अर्काे आइतबार विहान तुलसीपुर १९ संक्राममा विद्युतको तारमुनि गिद्ध मरेको भेटिएको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।
रावतका अनुसार गिद्ध संरक्षण गर्नमा संरक्षणकर्मीहरु दिनरात लागि परेका छन् भने अर्काेतिर विद्युत प्राधिकरणले अवैज्ञानिक ढंगले टंगाएका तारहरुमा परि गिद्ध मर्दै गइरहेका छन् ।
मृत भेटिएको उक्त गिद्धलाई हेरालु चन्द्रबहादुर सुनारले लगेर गिद्ध रेष्टुरेन्टमा राखेका छन । उक्त गिद्ध कसरी मर्यो भनेर अध्ययन गर्न बाँकी नै छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्यालापानी स्थित गिद्ध रेष्टुरेन्ट सञ्चालनमा रहेको छ ।
प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार