
दाङ । दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सर्वसहमतिमा चयन भएका छन् ।
संघको शनिबार तुलसीपुरमा सम्पन्न सातौ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघका अध्यक्ष रोमबहादुर वलीको अध्यक्षता सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली, सचिवमा युद्वबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडका छन् ।
त्यसैगरी सदस्यहरुमा केवल खत्री, मदन केसी, रेगबहादुर खत्री छन् ।
प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार