
काठमाडौं। साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।
नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।
उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
बजार घटे पनि केही कम्पनीहरुको शेयरमूल्य भने राम्रै बढेको छ ।
प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार