धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ ।

राती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।

उनीहरु सुर्यविनायक नगरपालिका(४ गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा २ वर्षदेखि डेरा बस्‍दै आएका थिए ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस