काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हवार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायाम भएको छ । बुधबार ९२ हजार ७ सयमा छापावाल र ९२ हजार २ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै बुधबार तोलामा एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार