धादिङमा बाटो खन्दा पहिरो गएपछि डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खान्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ,’ एसपी सिंहले भने ।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस