लमहीका निजी तथा सामुदायिक विद्यालय माघ १५ सम्म बन्द

लमही । दाङको लमही नगरपालिकाले आफू मातहतमा सञ्चालित निजी तथा सामुदायिक विद्यालयहरू बन्द गर्ने निणर्य गरेको छ ।

पुष २९ गतेदेखि लागु हुने गरि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरिएको छ । लमही नगरपालिका स्तरीय बिपद ब्यवस्थापन समितिको बुधबार लमहीमा सम्पन्न बैठकले सो निणर्य गरेको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिए ।

त्यसैगरी कोरोनाको उच्च जोखिमलाई मध्य नगर गर्दै आगामी माघ १५ गतेसम्मका लागि २५ जनाभन्दा बढी ब्यक्तिहरु भेला भएर कुनै पनि सभा सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्न नपाउने, तत्काल १२ देखि १७ उमेर समुहका बालबालिकाहरुलाई विद्यालय स्तरमै कोरोना भाईरस बिरुद्धको खोप लगाउने, र सामाजिक दुरी कायम राखेर भुकम्प दिबस मनाउने निणर्य गरिएको छ ।

बैठकमा स्थानीय राजनीतिकदल र सरोकारवाला निकायको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस