काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा विभिन्न संगठनमा आवद्ध भएका युवा तथा विद्यार्थीहरु राप्रपामा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुनजंग शाहीको अध्यक्षतामा एवम् राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आथित्यमा युवा तथा विद्यार्थीहरुलाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेका छन् ।
युवा नेता राजकुमार केसीको संयोजनमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा तथा विद्यार्थीको लागि आफु कटिबद्ध रहेको बताएका छन् । आफु पनि विद्यार्थी राजनीतिबाट यहाँसम्म आएको बताउँदै विद्यार्थीको समस्याप्रति आफु जानकार भएको उनले बताए । शिक्षा, रोजगार ग्यारेन्टि हुनुपर्ने, आफ्नो पहिलो एजेन्डा भएको उनले दावी गरेका छन् । विद्यमान शिक्षा प्रणाली बिरोजगार उत्पादान गर्ने पद्धति भएकोले प्राबिधिक शिक्षा आजको आवश्यकता हो ।
साथै देशको मौलिकता, मौलिक धर्म , संस्कृति, पहिचानको संरक्षण गर्दै नैतिक शिक्षा सँगसँगै देशको इतिहासका बारेमा सबैले जान्नुपर्ने र बुझ्नु पर्ने भएकोले प्राबिधिक शिक्षा सँगसँगै आफ्नो मौलिकताको बारेमा अनिवार्य पाठयक्रम राख्नु पर्ने उनको भनाई थियो । युवा शक्तीलाई बिदेश पलायन हुनबाट रोक्नको लागि स्वदेशमानै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए। सबैको आस्था र विश्वास रहेको राप्रपा भएको उनको दावी छ ।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका लागि सहयोग गर्न सम्पूर्णलाई युवा तथा विद्यार्थीहरुलाई आग्रह गरे । ६ महिना भित्र हिदूधर्म र राजस्था पुनः स्थापना हुने कुरामा आफु विश्वस्त रहेको उनले बताए । कार्यक्रममा राप्रपाका युवानेता राजकुमार केसीले धर्म, संस्कृतिको जगेर्नाका लागि राप्रपाले उठाएका मुद्दामा अहिले जनमानसमा तीव्र आकर्षण बढेको बताए ।
आगामी निर्वाचनमा राप्रपा देशकै निर्णायक शक्तिकारुपमा स्थापित हुने कुरामा आफू विश्वस्त रहेको केसीले बताए । कार्यक्रममा राप्रपाका पूर्व उपाध्यक्ष दिलबिकास राज भण्डारी, पूर्व महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य मिना सुवेदी, रविन च्याम्लिङ, विद्यार्थी नेता एमटि सरगम राई, पन्च तामाङ लगायतकाले शुभकामना मन्त्वय राखेका थिए भने पब्लिक युथ कलेज, सरस्वती क्याम्पस, पिपुल कलेज, मनमोहन कलेज, रम्वो कलेल र आरआर कलेजका करिव १ सय ६१ जनाविद्यार्थीहरु राप्रपामा प्रबेश गरेको जानकारी पुवा नेता राजकुमार केसीले गराएका छन् ।