
घोराही । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको सचिवमा त्रिभुवन थापा चयन भएका छन् । राप्रपा जिल्ला कार्यसमिति दाङले यही पौष २२ गते बसेको बैठकले थापालाई सचिव पदमा चयन गरेको जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतले बताए ।
जिल्ला सचिवमा चयन भएलगत्तै पार्टीप्रति कटिबद्ध भई राप्रपाको संगठन विस्तारमा आफु निरन्तर लाग्ने प्रतिबद्धता थापाले जाहेर गरे ।
सोही बैठकले दिपक थापालाई कोषाध्यक्ष पदमा चयन गरेको छ । त्यसैगरी बैठकले विभिन्न जनवर्गीय संगठनका संयोजकहरु पनि चयन गरेको छ । तीन महिनाभित्र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने गरी जिल्ला संयोजकहरु तोकेको छ । जसमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा बिमला घर्ती त्यसैगरी नेपाल सनातन धर्मसंस्कृति संगठनमा विष्णुप्रसाद गौतम, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा उमाकान्त भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा मुस्कान पोख्रोल, राष्ट्रिय प्रजातान्त्रिक जनजाति संगठनमा नारायणबहादुर थापा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीपिडत उत्थान संगठनमा मोहन स्वर्णकार, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनमा टोपबहादुर वली, राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनमा फणाधर भुसाल, राष्ट्रिय प्रजातान्त्रिक प्रहरी संगठनमा कृष्णबहादुर केसीलाई चयन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।