
घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेलाई एक कार्यक्रमबिच स्वागत तथा सम्मान गरिएको छ ।
लामो समय समाजसेवामा लागेका पाण्डेलाई नेपाल सरकारले कदर स्वरुप संविधान दिवसका दिन समाजसेवा रत्न विभूषण पदकले सम्मान गर्ने घोषणा गरेकोमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पाण्डेलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको हो ।
निरन्तर समाजसेवामा लागेका पाण्डेलाई नेपाल सरकारले २०६० सालमा शिक्षाप्रेमीका रुपमा राष्ट्रिय पुरस्कार पनि प्रदान गरिसकेको छ । पाण्डेलाई सम्मान गर्दै संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराही खानेपानीका उपाध्यक्ष पाण्डेले प्राप्त गरेको सम्मानले घोराही खानेपानीलाई देशव्यापीरुपान परिचित गराएको बताउँदै समाजसेवामा निरन्तर लागिरहन पाण्डेलाई आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै संस्थाका सचिव सुमन शर्माले समाजसेवी एवं संस्थाका उपाध्यक्ष पाण्डेलाई सरकारले जुन सम्मान दिएको छ त्यसबाट घोराही खानेपानी संस्था हर्षित भएको बताउँदै निरन्तर समाजसेवामा लागिरहन आग्रह गरे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष ध्रुव केसीले उपध्यक्ष पाण्डेले प्राप्त गरेको सम्मानले आफुहरु उत्साहित भएको बताउँदै निरन्तर समाज सेवामा लाग्न आग्रह गरे ।
सोही कार्यक्रममा संस्थाका सदस्य धर्मेन्द्र श्रेष्ठ, लक्ष्मीसिंह ठकुरी, खुमा खड्का, यशोदा पाण्डे तथा कार्यालयका इन्जिनिएर प्रकाश डाँगीले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गरेका थिए ।