घोराही । नेपाल मानव अधिकार संगठन दाङले नयाँ नेतृत्व चयन गर्दै ११ औं अधिवेशन सम्पन्न गरेको छ । संगठनको ११ औं अधिवेशनबाट जिल्ला सभापतिमा ऋषिराम शर्मा (दाहाल) सर्वसम्मत चयन भएका हुन् । संगठनको उपसभापतिमा नरेशजंगबहादुर राणा, सचिवमा रामकुमार पौड्याल, कोषाध्यक्षमा बसन्ता गिरी, सहसचिवमा गोपाल रावत सर्वसम्मत चयन भएका छन् ।
संगठनका सदस्यहरुमा अनिल अधिकारी, पदम बुढाथोकी, तेजविक्रम रावत, माधव देवकोटा, रेश्मिराज पाण्डे, मोहन पुरी, भिमबहादुर अधिकारी, शोभा देवकोटा, नारायणप्रसाद भट्टराई, श्यामप्रकाश आचार्य र शान्ता घिमिरे चयन भएका छन् । ११ औं अधिवेशनले तीन सदस्ययी सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा संगठनका दाङ जिल्ला संस्थापक सभापति एवं केन्द्रीय सदस्य जयानन्द शर्मा (दाहाल), संगठनकी निवर्तमान उपसभापति बिमला योगी र निवर्तमान सदस्य भुपाल गिरी रहेका छन् ।
संगठनको ११ औं अधिवेशनमा बोल्ने अधिकांश बक्ताहरुले नागरिकलाई मानव अधिकार प्रदान गर्नका लागि मानव अधिकार सम्बन्धी काम गर्ने संस्थाहरु एकताबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए । सोही कार्यक्रममा वक्ताहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारलाई पनि ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले नागरिकको जनजिवीका समेटिएका विषयहरुमा आवाज उठाउनु पर्ने बताए ।
सोही कार्यक्रममा संगठनका केन्द्रीय सदस्य जयानन्द शर्माले कर्तव्य पालना गर्न सके मात्र मानव अधिकारका घटना कम हुने बताएका थिए । जिल्लामा छरिएर रहेका मानवअधिकार सम्बन्धी काम गर्ने संघ संस्थाहरुसँग समन्वय गरेर अगाडि बढेमा मानव अधिकार कायम गराउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे, जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी लगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिवेदन संगठनका कोषाध्यक्ष सुनिलकुमार देवकोटाले प्रस्तुत गरेका थिए ।
संगठनका जिल्ला सभापति ऋषिराम शर्मा (दाहाल)को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य जयानन्द शर्मा (दाहाल) रहेका थिए भने विशष्टि अतिथिमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी रहेका थिए ।
संगठनकी उपसभापति बिमला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रामकुमार पौड्यालले गरेका थिए ।