
तुलसीपुुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का उपाध्यक्ष तथा माओवादी केन्द्रका जितबहादुर विकले आफू माओवादी केन्द्र मै रहेको एक विज्ञप्ती जारी गरी स्पष्ट पारेका छन् ।
शुक्रबार विकले जारी गरेको विज्ञप्तिमा ‘यही पुस १९ गते मतदाता नामावली दर्ता गर्न तुलसीपुर गएको मौका पारी एमालेका नेता कार्यकर्ताले मेरो मञ्जुरी विना फोटो खिचेर एमालेमा प्रवेश गरेको भनि सामाजिक सञ्जाल फेसबुकमा राखेर मेरो चरित्र हत्या गरी पार्टीप्रतिको निष्ठामा आँच आउने काम गरेकाले सो अमानवीय कार्यको भर्त्सना गर्दै म आफ्नो पार्टी माओवादी केन्द्रमा नै रहेको जानकारी गराउँछु । सो भ्रमपूर्ण समाचारको विश्वास नगर्न सम्पूर्णमा कम्रेडहरुलाई जानकारी गराउँदछु ।’ उल्लेख गरिएको छ ।
केही दिन अघि मात्रै विकलाई एमालेमा प्रवेश गरेको भनि गलत प्रचार गरिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार