तुलसीपुरमा लागू पदार्थ दुर्व्यसन र कोभिड सम्बन्धी अभिमुखीकरण सम्पन्न

तुलसीपुर । तुलसीपुरमा शुक्रबार लागू पदार्थ दुर्व्यसन, मनोसामाजिक समस्याको पहिचान एबं कोभिड संक्रमण नियन्त्रणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा कार्यालयका कार्यबाहक अध्यक्ष धर्मा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी, टोल बिकास संस्थाका अध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तुलसीपुरमा मेला महोत्सब सम्पन्न भए लगत्तै कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको समयमा यस्तो कार्यक्रमले समुदायमा सजगता र सावधानी अपनाउन सहयोग रहने बिश्वास गरिएको छ । नयाँ पाईला पुनर्स्थापना केन्द्रका प्रमुख सल्लाहकार एबं कार्यक्रमको प्रमुख अतिथि शुष्मा शर्मा गिरीले कोभिड संक्रमण लगायत हरेक अवस्थामा समुदायमा देखिने गरेका मनोसामाजिक समस्या र लागु पदार्थ दुर्व्यसनको मुल कारण बुझेर समस्याको समाधान खोज्नुपर्ने र यसका लागि अभिभावक र सरोकारवालाहरुको भुमिका महत्वपूर्ण हुने बताइन् ।

त्यस्तै कार्यक्रमका सहजकर्ता एबं काउन्सेलर शैलेश शर्माले मनोसामाजिक समस्याका लक्षणहरु बताउदै समुदाय स्तरमै यसको पहिचान गर्न सकिने र लागू पदार्थ दुर्व्यसन न्युनीकरणमा परिवारको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा प्रवाह र अवस्थाका बारेमा सि.अहेव घन बहादुर बस्नेत र ल्याव असिष्टेन्ट जीवन श्रेष्ठ नेपालीले प्रकाश परेका थिए । गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह र संस्थाप्रति समुदायको बिश्वास एबं अपनत्व स्थापित गर्न सल्लाह सुझावहरु पनि लिईएको थियो ।

कार्यक्रममा वडा सदस्य देउकली नेपाली, प्रधानाध्यापक सुर्य बहादुर बस्नेत, टोल बिकासका अध्यक्ष नन्दराम रोका, स्वयं सेविका शारदा केसी, बालबालिकाहरु चाँदनी सिँजाली र बिद्या सागर पार्धे लगायतले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा नयाँ पाईला पुनर्स्थापना केन्द्रका डाइरेक्टर शुरेश भुसाल, नवजागरण माविका प्रधानाध्यापक गोपाल खड्का, वडा सदस्य केसर बहादुर पुन लगायतको उपस्थिति रहेको थियो । बिजौरी स्वास्थ्य चौकीको आयोजनामा अभिमुखीकरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस