अनेरास्ववियू (क्रान्तिकारी) द्वारा महेन्द्र माविमा ५७ सदस्यीय समिटि गठन

तुलसीपुर । सङ्गठन बिस्तार तथा विद्यार्थी जागरण अभियान अन्तरगत माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को विहीबार तुलसीपुर उपमहानगरपालिका स्थित महेन्द्र मावि तुलसीपुरमा ५७ सदस्यीय मुल एकाइ कमिटी गठन गरिएको छ ।

क.रोबिफ खत्रीको अध्यक्षता एवम् अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव क. मदन जिएमको प्रमुख आतिथ्यताता र अखिल (क्रान्तिकारी) दाङ जिल्ला कोषाध्यक्ष हिरालाल ओलि जनार्दन, जिल्ला सहसचिव क.रामचन्द्र बुढा, विद्यार्थी नेता मिशन सुनारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमले अध्यक्षमा रोबिफ खत्री, उपाध्यक्षमा रिषी सुवेदी, रितु बुढामगर, सचिवमा सुरज खडका, सहसचिव सम्झना पोख्रेल, कोषाध्यक्षमा पुष्पा घर्ती मगर, संगठन विभाग प्रमुख मनोज कुमार डाँगी, अनुशासन विभाग कमला भुषाल र खेलकुद विभाग प्रमुख सम्झना परियार लगायतलाई सर्वसम्मत चयन गरेको छ ।

उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियू (क्रान्तिकारी) का तुलसीपुर उपमहानगर कमिटी अध्यक्ष एवम् जिल्ला सदस्य क. अमर बिश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस