चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा कम्बल र पौष्टिक आहारा च्यवनप्रास वितरण गरिएको छ ।
वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्धवृद्धालाई लक्षित गरी जाडोयाममा कम्बल तथा च्यवनप्रास प्रयोगले शक्ति प्रदान गर्ने भएकोले वितरण गरिएको वडा अध्यक्ष सुशील कुमार चौधरीले बताए ।
ज्येष्ठ नागरिकहरूलाई उक्त सामग्री वितरण गर्दै नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप सामाग्रीहरू वितरण गरेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालको ज्येष्ठ नागरिकहरू सम्मान कार्यक्रम अन्तिम रहेकोले यस कार्यक्रमलाई विशेषरूपमा लिएको बताए ।
जाडोको मौसममा वृद्धवृद्धा जोगिनु पर्ने भएकोले सकेसम्म अनावश्यकरूपमा बाहिर ननिस्कन आग्रह गरे । मेयर कलामले ज्येष्ठ नागरिकहरूलाई सबै सम्मान गर्नुपर्ने बताउँदै वडा र नगरले पनि वृद्धवृद्धा लक्षित कार्यक्रमहरू प्रत्येक वर्ष गरेको बताए ।
कम्बल र च्यवनप्रास पाएपछि वृद्धवृद्धाहरु हर्षित भएका छन् । वडा भित्र रहेका १८० जनालाई उक्त सामाग्री प्रदान गरिएको बताइएको छ ।