
तुलसीपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङले एक कार्यक्रमकाबीच तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे हालै समपन्न भएकाे निर्वाचनबाट निर्वाचित सदस्य लक्ष्मण केसीलाई स्वागत तथा सम्मान गरेकाे छ ।
जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतकाे अध्यक्षता एवम केन्द्रीय सदस्य मिना स्वर्णकारकाे प्रमुख आथित्यमा भएको कार्यक्रममा केसीलाई स्वागत तथा सम्मान गरिएकाे हाे ।

मंगलबार राप्रपा पार्टी कार्यलयकाे सभाहलमा भएकाे कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य अम्मर बहादुर वली, बंशीकुमार शर्मा, किशोर न्याैपाने, दिपक थापा, क्षेत्रीय अध्यक्षद्वय नरबहादुर बुढाथाेकी, लिला यादव, प्रदेश अध्यक्ष श्रीमणी न्याैपाने, नगर अध्यक्ष गाेबिन्द गिरी, गाेरख केसी, जिल्ला सदस्यहरु विद्यार्थी नेता उमाकान्त भण्डारी लगायतकाले शुभकामना मन्तब्य ब्यकत गरेका थिए ।
नारायण थापाकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन त्रिभुवन थापाले गरेका थिए ।