माओवादीमा सहमति नजुटे भोलि मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।

तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

त्यस्तै मतदानको समय भने सोमबार विहान ८ देखि १ः२५ सम्मको समय तोकिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस