४६ हाइड्रोपावर मध्ये १३ कम्पनीको मात्रै लाभांश घोषणा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा समेत हालसम्म १३ वटा जलविद्युत् कम्पनीहरुले मात्रै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेर साधारणसभाबाट पारित भएपछि मात्रै शेयर धनीहरुलाई दिन पाउने कानूनी व्यवस्था छ ।

साधारणसभा बोलाउनका लागि गत आर्थिक वर्षको सञ्चित मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिसकेको हुनुपर्छ । हालसम्म १३ वटा कम्पनीले मात्रै यसरी लाभांश घोषणा गरेका छन् । यसकारण नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ४६ हाइड्रोपावर कम्पनीहरुमध्ये अधिकांशले तोकिएको समयमा साधारणसभा नगर्ने पक्का भएको छ ।

नेपाल स्टक एक्सेञ्जका प्रवक्ता मुराहरी पुराजुली साधारणसभा गर्ने विषयमा बैंकिङ क्षेत्रभन्दा हाइड्रोपावर क्षेत्र धेरै कमजोर रहेको सुनाउँछन् । धेरै कममात्रै हाइड्रोपावर कम्पनीहरुले समयमा साधारणसभा सम्पन्न गर्ने गरेका छन् ।

धितोपत्र सम्बन्धी नियमावलीले ‘गुड गभर्नेन्स’ लागि तोकिएको समयमा साधारणसभा सम्पन्न गरी जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । तर नेपाल धितोपत्र बोर्ड या नेप्सेले कम्पनीले समयमा साधारणसभा नगरेको भनेर दण्डित भने गर्न सक्दैन ।

हालसम्म लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीहरुमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोणाण गरेको छ । २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत शेयर लाभांश दिने घोषणा गरेको छ । बुटवल पावर कम्पनीले १० प्रतिशत नगद र १० प्रतिशत बोनस गरेर २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

हालसम्म सार्वजनिक गरेका एकबाहेका कम्पनीहरुले १० प्रतिशत भन्दा धेरै नै लाभांश घोषणा गरेका छन् । धेरैले पुँजी वृद्धिका लागि शेयरधनीहरुलाई हकप्रद समेत दिँदैछन् ।

कुनले कति दिँदैछन् लाभांश हेर्नुहोस्ः

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस