तुलसीपुर खानेपानीको कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गठबन्धन विजयी ( भिडियो सहित )

तुलसीुपर । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भर्खरै सम्पन्न निर्वाचनबाट नौ दलीयको गठबन्धनबाट अध्यक्ष पदमा यमकान्त भण्डारी निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा सिताराम शर्मा निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा गठबन्धनबाट यमकान्त भण्डारीले १९८६ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी पवनराज बुढाथोकीले १७६७ र अर्का प्रतिद्वन्दी दिपककुमार धितालले २६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकै सिताराम शर्माले २२७२ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गिरिधारी पौडेलले १४८५ र अर्का प्रतिद्वन्दी पूर्णप्रसाद धितालले ७१ प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदमामा सेवकराम भण्डारीले २८३८ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी दामोदर लामिछानेले ६८४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा भोलाप्रसाद थापा १६०२ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्दी भद्रबहादुर वलीले १५१६ मत, मेघराज न्यौपानेले ३०४ र कर्णबहादुर वलीले ८६ मत प्राप्त गरेका थिए । र सदस्य पदमा गठबन्धनकै लक्ष्मण केसीले २५६४ मत ल्याइ विजयी भएका छन् । र उनका पदमबहादुर खड्काले २०७८ मत ल्याई विजयी भएका छन् भने शोबिन्द्र चन्दले १३११ मत प्राप्त गरि पराजित भएका छन् ।

कुल मतदाता ७ हजार ४ सय ६७ जना रहेकामा ४ हजार ४ सय पाँच मत मात्रै खसेको थियो ।

तुलसीपुर खानेपानी संस्थामा तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल करिव ८ हजार ३ सय उपभोक्ता रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस