
लमही । दाङमा ट्रकले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन भने बाँकी नै छ ।
राप्ती गाउँपालिका-५ लठुवामा राति करिब १० बजेतिर पैदल हिँडिरहेका उनलाई लु १ ख ९६४७ नम्बरको मिनीट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार