लागु औषध सहित पाँच जना पक्राउ

तुलसीपुर। इलाका प्रहरी कार्यालय तुलसीपुरले लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । दुई दिनको अवधिमा ३ महिला र २ जना पुरुष गरी पाँच जनालाई लागु औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले तुलसीपुर बजार आसपासका क्षेत्रहरुबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणी पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस