जेसिज शिवराजमा नयाँ नेतृत्व, अध्यक्षमा गिरी चयन

शिवराज । शिवराज जेसिजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाँचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

जसको कार्यकारिणी उपाध्यक्षमा विष्णु भुसाल, गणेश जिसी, कानूनि सल्लाहाकारमा कविराज अधिकारी, महासचिवमा वाइपि पौडेल, कोषाध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा तिलक कार्की, मनिष बन्जाडे, रुपेन्द्र आचार्य, युवराज पौडेललाई चयन गरिएको छ ।

अधिवेशनमा बोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको बारेमा प्रकाश पारेका थिए । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भूमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताए । शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताए ।

त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हरेक गतिविधिमा जेसिज सहभागी हुनुपर्ने बताउँदै हरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताए । नयाँ नेतृत्वलाई बधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस