
काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेश जाने नेपालीहरुले यसभन्दा अघि २ हजार डलरसम्मको सटही सुविधा भएका थिए भने त्यसलाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब बाहेकका देशमा जानका लागि पासपोर्ट पेश गरेर १५ सय डलरसम्मको सटही सुविधा पाउनेछन् ।
यो सुविधा पनि एक वर्षमा दुई पटकमा नबढ्ने गरीमात्रै उपलब्ध हुने निर्देशनमा उल्लेख छ । विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार