जलवायु अनुकुलित कृषि प्रविधि सामाग्री सहयोग

मौरीघाट। नामसालिङ सामुदायिक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिकाका विभिन्न वडामा गठित कृषक समुहका सदस्यहरुलाई जलवायु अनुकुलित कृषि प्रविधि सामाग्री सहयोग गरेको छ ।

राप्ती गाउँपालिकामा कृषिको क्षेत्रमा उल्लेख्य उदाहरणीय काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्रले कार्यक्रम अनुरूप प्लाष्टिक टनेल तथा मकै रोप्ने हाते औजार ज्याव सिडर वितरण गरेको कृषि अधिकृत शशाङ्क वावु आचार्यले जानकारी दिए ।

नामसालिङ सामुदायिक विकास केन्द्र आवद्ध कृषकहरुलाई बेमौसमी र जलवायु अनुकुलित तरकारी उत्पादन गर्न १५ थान प्लाष्टिक टनेल तथा श्रम मैत्री मकै लगाउने ४ थान हाते औजार ज्याव सिडर वितरण गरिएको हो ।

राप्ती गाउँपालिका सँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामग्रीहरू पुर्ण अनुदानमा वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस