फोनिज दाङको अध्यक्षमा पुनः राम्जा

घोराही । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दाङको ८ औं जिल्ला अधिवेशनले पुनः प्रेमबहादुर राम्जाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सोमबार घोराहीमा सम्पन्न भएको अधिवेशनको उपाध्यक्षमा दिप्तीशिखा चौधरी, सचिवमा बिमला घर्ती, सहसचिवमा अनिता चौधरी, कोषाध्यक्षमा दीपक जीएम, खुल्ला सदस्यमा टोपेन्द्र रोका मगर, रोम थापा, शुसिला घर्ती, रामप्रसाद चौधरी, सरिता चौधरी र डिला चौधरी चयन भएका छन् ।

फोनिजका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिएमले वि.सं. २०५६ सालमा फोनिज दाङ स्थापना गरेको बताए । आदिवासी जनजातिका पैरवी, भाषा तथा रहनसहनलाई मूलधारका मिडियामा ल्याउने र निर्णायक चरणमा लग्ने उद्देश्यले फोनिजको स्थपाना गरिएको उनले बताए ।

त्यस्तै कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य सन्तोष सुवेदी, प्रेस सेन्टर दाङ अध्यक्ष पाण्डव शर्मा, फोनिज दाङका पूर्व अध्यक्ष जेएन सागर, फोनिज दाङका सल्लाहकार लक्ष्मिमान चौधरी, प्रेस चौतारी दाङका सहसचिव एकराज भण्डारी, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंगबहादुर रेउले, थारु पत्रकार संघका केन्द्रीय सदस्य दिप्तीशिखा चौधरी लगायले मन्तव्य राखेका थिए ।

त्यसैगरी रामबहादुर जिएमले दिवंगत छोरोको सम्झनामा विजय स्मृति पुरस्कार स्थापना गरेका छन् । उनले फोनिज दाङको अधिवेशनमा ३० हजार बराबरको अक्षकोष स्थापना गरेका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख एंव नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष दुर्गालाल केसी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

फोनिज दाङका उपाध्यक्ष शिव घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिस बिमला घर्तीले गरेकी हुन् ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस