तुलसीपुर। गाेरखा माध्यमिक विद्यालय तुलसीपुरमा आशिष स्मृति टुनामेन्ट-२०७८ सम्पन्न भएकाे छ। गएको कार्तिक ७ गतेका दिन सल्यानदेखि दाङ तुलसीपुर आउदै गरेकाे जिप दुर्घटनामा परि गाेरखा मा.वि तुलसीपुर कक्षा १०मा अध्ययनरत छात्र आशिष बस्नेतकाे देहावसान भएकाे थियाे। साेहि बस्नेतकाे सम्झनामा मृतक बस्नेतका परिवारकाे प्रायोजक र गाेरखा मा.वि तुलसीपुरकाे आयाेजकमा आशिष स्मृति टुनामेन्टकाे आयाेजना गरिएकाे हाे।
आशिष स्कुल स्थापनादेखि साेहि विद्यालयमा अध्ययन गर्दै आईरहेका थिए। सानैदेखि लगनशील, मेहेनति र अनुशासित पढाईमा अव्वल हुनुको साथै अन्य अतिरिक्त क्रियाकलापहरु जस्तै निबन्ध, हाजिरी जवाफ, कविता, खेलकुदमा पनि उत्तिकै दखल थिए। हरेक कुराहरु आफैले लिडिङ गर्नसक्ने, कसैसँग नरिसाउने, सबैलाई आदर सम्मान गर्ने र परिवारकाे आशाकाे केन्द्र थिए।
बस्नेतकाे स्मृतिमा राखिएको फुटवल टुनामेन्टमा गाेरखा मा.विमा रहेका चार सदनहरु राताे, हरियाे, निलाे र पहेलाेबिच फुटबल टुनामेन्ट भएकाे थियाे। जसमा हरियाे सदन सान्त्वना, निलाे तृतीय, राताे द्वितीय र पहेलाे प्रथम भएकाे थियाे।
टुनामेन्टमा सबै खेलाडी बिद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र केही नगद वितरण गरिएकाे थियाे। जसमा प्रथम सदनलाई कप र नगद ५ हजार, द्वितीय सदनलाई नगद ३ हजार, तृतीय सदनलाई नगद २ हजार र सान्त्वना सदनलाई नगद १ हजार प्रदान गरिएकाे थियाे ।
दाङ जिल्ला फुटबल एशाेसियसनका अध्यक्ष सुशील श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा मृतक आशिष बस्नेतका वुवा हिरालाल बस्नेत, गाेरखा ग्रुपमा शिक्षा संयाेजक दुर्गा बहादुर के.सी र गाेरखा ग्रुपका उपाध्यक्ष डाेरबहादुर जि.सिकाे बिशिस्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियाे।
गाेरखा स्कुलका खेल संयाेजक माेहाेन सुनरकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण स्कुलका माध्यमिक तहका संयाेजक बामदेव सापकोटाले गरेका थिए।
साथै कार्यक्रममा एथलेटिक्स नेपाल परिवारद्वारा काठमाडौमा आयोजित युथ एथलेटिक्स प्रतियोगितामा गोरखा माध्यमिक विद्यालयबाट सहभागी भई विभिन्न स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई शुभकामना सहित उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको हो ।
करुणा रिजाल लङजम्प प्रथम, ८०० मिटर तृतीय र ४×१००मिटर रिले तृतीय, अरुणा रिजाल ४०० द्वितीय र ४×१००मिटर रिले द्वितीय, सिमा चौधरी लङजम्प द्वितीय, १०० मिटर तृतीय र ४×१०० मिटर रिले तृतीय, रितिका बोहोरा ६० मिटर तृतीय र ४×१००मि रिले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।