घोराही । लुम्विनी प्रदेश सहकारी प्रशिक्षण केन्द्र बाँकेका प्राचार्य विनोद पौडेलले देश संघियतामा गए संगै सहकारी क्षेत्र अलमलमा रहेको बताएका छन् ।
जिल्ला सहकारी संघ दाङको २९ औ साधारण सभाको उद्घाटन गदै उनले यस्तो बताएका हुन । संघियता कार्यान्वयन संगै ३ वटा तहका सहकारको कारण सहकारी क्षेत्र अलमलमा रहेको बताए । सहकारीका वारेमा जानकारी नहुदा कर्मचारीहरुलाइ समेत समस्या हुने गरेको उनले बताए ।
अलमल भएको कारणले पनि यस क्षेत्रको धेरै काम हुन नसकेको उनको भनाइ रहेको छ । यस अवस्थामा जिल्ला संघले समन्वयको भुमिका खेल्न समेत उनले आग्रह गरे । ‘जिल्ला संघले सहकारीको विकासका लागि संहकारी र सरकार संग समन्वय गर्ने भुमिका खेल्नु पर्दछ’ पौडेलले भने । सहकारीहरु व्यवासायीकतामा जोडिनु पर्ने बताए ।
उत्पादनमा जोडिएर आत्म निर्भर वन्न तर्फ लाग्नु पर्ने उनको भनाइ छ । ‘सहकारीहरुले के गर्ने भन्ने योजना वनाएर अगाडि वढनु पर्दछ’ पौडेलले भने ।
घोराही उप महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख होमलाल भुसालले सबैलाई सहकारीको वारेमा वुझाउनु पर्ने बताए । सबैलाइ सहकारीताको वारेमा वुझाएर सबै सहकारी संस्थाहरुलाई संघमा आवद्धता गराएर अगाडि वढन उनले आग्रह गरे ।
जिल्लामा रहेका संहकारीहरुको अनुगमनका लागि स्थानिय सरकार संग मिलेर अगाडि वढन समेत संघलाई आग्रह गरे । यसले संहकारीहरुको अवस्थाका बारेमा जानकारी लिन उनीहरुको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्ने बक्ताहरुले सहकारीहरु सहकारीको सिद्धान्तमा अगाडि वढनु पर्ने बताएका थिए । सहकारीहरुले वितीय अनुशासन कायम गर्न सक्नु पर्ने बताएका थिए । जिल्लामा केही सहकारीहरुमा आर्थिक अनियमितता भएको बाहिर आएको भन्दै यस तर्फ सबैले ध्यान दिनु पर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष रुपवहादुर खत्री, उपभोक्ता सहकारीका नारदमणि पोख्रेल, जिल्ला वहुउदेश्य सहकारी संघका अध्यक्ष कृष्णप्रसाद गौतम, संघका सल्लाहाकार कुमारराज श्रेष्ठ, आर एम डि सीका सुसिल घिमिरे, राष्ट्रिय सहकारी बैकका दाङ शाखा प्रमुख डिल्लीराज दाहाल लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद भुसाल र लेखा समितीको प्रतिवेदन लेखा सुपरिवेक्षक समितीका संयोजक हेमराज गौतमले प्रस्तुत गरेका थिए ।
संघका उपाध्यक्ष अञ्जनकुमार पौडेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शुक्रराज भण्डारीले गरेका थिए ।