डोरी तान प्रतियोगितामा महाराजगन्ज नगरपालिका विजयी

चन्द्रौटा। कपिलवस्तुमा जिल्ला स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा ८ बहादुरगंजमा भएको प्रतियोगितामा पुरुष तर्फ महारजगञ्ज नगरपालिका प्रथम भएको छ । मायादेवी गाउँपालिले द्वितीय र बुद्धभूमि नगरपालिकाले तृतीय स्थान हासिल गरेका छन् ।

महिलातर्फ वाणगंगा नगरपालिका प्रथम, बिजयनगर गाउँपालिका द्वितीय र शुद्धोदन गाउँपालिकाले तृतीय स्थान हासिल गरेको जिल्ला डोरी तान संघका अध्यक्ष मीनराज बेल्वासेले बताए । जिल्लाको शिवराज नगरपालिका बाहेक अन्य ९ पालिकाका पुरुष र महिला समूहको सहभागिता रहेको थियो ।

गत वर्ष प्रथम स्थान पाएको पालिकामा कार्यक्रम गर्ने नियमानुसार यस वर्ष कृष्णनगर नगरपालिका क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष बेल्वासेले बताए ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले गत वर्ष बिजेता भएर नगरको शान राखेकोले यस वर्ष नगरमा कार्यक्रम गरिएको बताए । डोरी तान प्रतियोगिताले खेलाडी थप उर्जा दिनुका साथै खेलतर्फ आर्कषण गराउने बताए ।

जिल्ला डोरी तान संघ कपिलवस्तुको आयोजनामा भएको उक्त प्रतियोगितामा मैत्रीपूर्ण खेलको लागि भारतका दुई समूह पनि सहभागी भएका थिए । खेलले खेलाडीहरू बिच आत्मीयतासँगै खेलको विकासमा मद्दत पुग्ने जनाइएको छ । खेलमा प्रथम पुरस्कार १५ हजार मेडल, द्वितीय पुरस्कार १२ हजार मेडल र तृतीय पुरस्कार १० हजार मेडल प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस