
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट वडा –१ मा सडक निर्माण गर्नका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ ।
वडा –१ चैतिखारामा सडक बनाउनका लागि हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।
वडा –१ मा रहेको साजेबगर–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तीले बताए । दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नुपरेको नगरप्रमुख केसीको भनाइ छ ।
आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार