रोल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)रोल्पाले परिवर्तन गाउँपालिकालाई ध्यानाकर्षण पत्र पेश बुझाएको छ । परिवर्तन गाउँपालिका शिक्षा शाखा अधिकृत चित्रा बस्नेत, उपाध्यक्ष हित कुमारी रोका, अध्यक्ष निमकान्त डाँगीलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँपालिकाका विभिन्न वडामा सञ्चालित सरकारी तथा निजी श्रोत विद्यालयहरुमा परीक्षा शुल्क, भर्ना शुल्क, सञ्चालित व्यावसायिक तथा सरकारी विद्यालयबाट सञ्चालन भएको कोचिङ शुल्क मंहगो लिएको भन्ने गुनासो आएकोले त्यसलाई न्यूनीकरण गर्नको लागि ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।
साथै सम्पूर्ण विद्यालय तथा सरोकारवाला निकायहरूले एक हप्ता भित्र यथाशीघ्र सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गरेको जानकारी दिन परिवर्तन गाउँपालिका शिक्षा शाखा मार्फत ध्यानाकर्षण गराउन माग गरिएको छ । आफूहरूको मागलाई वेवास्ता गरेमा संगठनले कडा र चर्मबद्ध संघर्ष गर्ने अनेरास्ववियु क्रान्तिकारी परिवर्तन गाउँपालिका अध्यक्ष झकेन्द्र रोका हस्ताक्षर ध्यानाकर्षण पत्रमा बताइएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)परिवर्तन गाउँपालिकामा आवद्ध कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।