स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखीकरण

दंगीशरण । स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा योजना शाखा प्रमुख तथा कार्यक्रमका प्रशिक्षक लेखनाथ आचार्यले योजना तर्जुमाका ७ चरणहरुका बारेमा प्रशिक्षण दिएका थिए । जसमा बजेटको पूर्व तयारी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, वस्ती तहका योजना छनौट, वडा तहमा योजनाको छनौट तथा प्राथमिकीकरण, वजेट तथा कार्यक्रम तर्जुमा, गाउँ वा नगर सभाबाट वजेट तथा कार्यक्रम स्वीकृति लगायतका विषयमा जानकारी गराएका थिए ।

यस्तै कार्यक्रम अधिकृत किरण पोख्रेलले वार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु, वार्षिक योजना तथा बजेट प्राथमिकताहरु लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी खड्कविर चौधरीले कार्यक्रमले पूर्नताजकि गराएको भन्दै अबका दिनमा स्थानीयतहलाई खबरदारी गर्न सकिने भन्दै नागरिकमूखी कार्यक्रम राख्न माग गर्ने बताए ।

यस्तै सहभागी विजया चौधरीले पहिले पनि यी यस्ता कुराहरु सिकिसकेको तर चासो नदिएका कारण स्थानीय तहमा आफुले पाउने हकअधिकार बाट बञ्चित भएको बताइन् । भौतिक विकाससँगै सामाजिक र मानवीय विकासका लागि योजना बनाउन पहल गर्ने बताइन् ।

कार्यक्रममा उपाध्यक्ष पिमाकुमारी खड्काले नागरिकहरुका लागि ब्यावसायिक, उत्पादनमूलक योजना छनौट गर्नुपर्ने, गरिवि निवारणमा टेवा पुर्याउँने खालका योजनाहरु लाभदायिक योजनाहरु कतीपय सञ्चालन भइसकेको र कतिपय भइरहेकाले यसलाई सदुपयोग उपयोगमूखी कसरी बनाउने भन्नेम ालाग्न आग्रह गरिन् । केही नयाँ कामको थालनी गर्नका लागि गाउँपालिकामा सहभागिता जनाउनेदेखि लिएर नीति नियमका बारेमा पनि बुझ्न जरुरी रहेको बताइन् ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा महिला पुनस्थापना केन्द्र ओरेक परियोजना कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण ओरेकका भरत वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस