काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पुस ४ गते उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा देशभरका सम्बन्धित समुदायको लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले एक सूचना जारी गरि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार