
तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङका संस्थापक सदस्य तुलसीपुर उपमहानगरपालिका वडा न ७ निवासी समाजसेवी जितेन्द्र बहादुर केसीको असामयिक निधनकाे खवरले राप्रपा जिल्ला कार्यसमिति दाङले दुख ब्यक्त गरेकाे छ ।
जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले एक शाेक विज्ञप्ति जारी गरि दुख ब्यक्त गरेका हुन् । विज्ञप्तिमा केसीकाे निधनले पार्टीलाई अपुर्व क्षति पुगेकाे छ । सामाजिक क्षेत्रमा निर्बाह गरेका केसीकाे सदा स्मरणीय रहने उल्लेख समेत गरे ।
त्यस्तै निबर्तमान केन्द्रीय सदस्य बंशी कुमार शर्मा, राप्रपा क्षेत्र नम्बर ३ क का अध्यक्ष लक्ष्मण केसीले पनि दुख व्यक्त गरेका छ्न् । निरन्तर समाज परिवर्तनका लागि लागिपर्ने केसीकाे यही मंसिर २८ गते निधन भएकाे हो ।
उपचारकै क्रममा उनकाे निधन भएको हाे । उनकाे निधनले सिङ्गो पार्टी र समाजलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।