आज सुनको भाउ तोलामा एक हजारले वृद्धि

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ बढेको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन एक हजार रुपैयाँले वृद्धि भई ९४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले वृद्धि भई ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धि भई आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस