रोल्पामा तेक्वान्दो आईटीएफ सहिद स्मृति कप हुने

रोल्पा । रोल्पा आईटीएफ टेक्वान्दो संघको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संरक्षण र गगादेव गाउँपालिकाको सहयोग तेक्वान्दो आईटीएफ सहिद स्मृति कप दोस्रो जिल्ला स्तरीय प्रतियोगिता गगादेव गाउँपालिका वडा ६ ताप्ला बजार राकमा हुने भएक़ो छ ।

रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा आगामी पौष ४ र ५ गते गगादेव गाउँपालिका स्थित ताप्ला बजारमा दुई दिनसम्म प्रतियोगिता संचालन हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगरले गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतियोगितामा रोल्पा जिल्लाका विभिन्न डोजाङ तथा एकेडेमीहरुबाट छनोट भएर सय भन्दा बढी खेलाडिहरुको सहभागिता रहने रोल्पा ज़िल्ला आईटीएफ संघका अध्यक्ष बिक्रम बाँठा मगरले जानकारी दिए ।

जिल्लाका खेलाडीहरुको स्तरमा वृद्धि विकास खेलकुद क्षेत्रको विकास तथा रोल्पा जिल्लालाई खेलकुदको हब बनाई खेलकुद माध्यमबाट जिल्लालाई चिनाउने उद्देश्यले प्रतियोगिता तयारी गरिएको तेक्वान्दो संघका सचिव कृष्ण बाँठा मगरले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस