तेस्रो वडा अध्यक्ष कप फुटबलको उपाधी कचिलालाई

तुलसीपुर । दाङ तुलसीपुर १२ हरिपौरामा सञ्चालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को उपाधी कचिला युवा क्लबले जितेको छ।

डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ को आर्थिक सहयोगमा पशुपति माबी हरिपौरा खेलमैदानमा सञ्चालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा कचिली युवा क्लब बिलाई दुई का विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधी जितेको हो।

उपाधीसँगै उसले नगद पचास हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक पराजय ब्यहोरेको कचिली उपबिजेतामा सीमित रहदै नगद पैतिस हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो।

त्यस्तै टरिगाउँ युवा क्लबले तृतीय स्थान हाँसिल गर्दै नगद पच्चीस हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो। यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डाँगी श्यामको प्रमुख आतिथ्य एवं तुलसीपुर बहुप्राबिधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको बिशिष्ट आतिथ्यमा भएको थियो।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फको उत्कृष्ट खेलाडीको उपाधी हात पार्ने कचिला युवा क्लबका मनराज मगर र उत्कृष्ट गोल रक्षकको उपाधी हात पार्ने कचिलाकै नारायण मगरलाई नगद जनही २५ सय रुपैया तथा ट्रफी प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धिसँगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिमको सहभागिता रहेको थियो।

प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओली र सुरेश मगर रहेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस