काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । नेपाल १ खेलबाट १ अंक मात्र जोडेर चौथो स्थानमा छ ।
तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार