तुलसीपुर । तुलसीपुर उपमाहानगरपालिका वडा नं. १२ को हरिपौरामा तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ आइतबारदेखि सुरु हुँदैछ ।
बासबोट टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मध्यान्ह १२ बजेपछि गरिने कार्यक्रम तय गरिएको छ ।
४ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु पशुपति मावि हरिपौराको खेलमैदानमा खेलाईनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसँगै खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिमको सहभागिता रहेको आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०, ३५ र २५ हजार तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै ब्यक्तिगत बिधातर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडीलाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए ।
चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच आयोजकले आईतबार हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, राजनीतिकदल, उद्योगी, ब्यापारी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।