राप्रपा अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा। धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आइतबार रातभर मतगणना भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस