ओठ फुट्ने समस्या छ भने यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ ।

हाम्रो ओठको छाला अति नै पातलो र कमजोरी हुन्छ। यसलाई कुनैपनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिल्यै असर गर्न सक्दछ।

ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यससँगै हरियो सागसब्जी तथा फलफूल नखाँदा, कम गुणस्तरको लिपबाम तथा लिपिस्टिकको प्रयोगले ओठ फुट्ने गर्दछ । यी यावत समस्याको समाधानका लागि यी कुरा अपनाउन सकिन्छ ।

– ओठ फुट्ने समस्या भएका ब्यक्तिहरुले ओठमा जिब्रोले चलाउनु हुँदैन् ।

– चिसो मौसममा ओठ फुट्ने भएकाले बाहिर निस्कदाँ चिल्लो पदार्थहरु मह, घीउ, नरिवलको तेल, दूधको तर वा लिप गार्ड लगाएर मात्र निस्कनुपर्छ ।

– चिसोको समयमा धेरै धुम्रपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ ।

– जाडोको समयमा छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– समय–समयमा ओठमा लिप बाम लगाउनुपर्छ। भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।

– चिसोका कारण ओठ फुटेर जमेका मृत छाला नङले अथवा औंलाले कोट्याएर निकाल्न हुँदैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस