दंगीशरणमा हेल्थ क्लिनिक उद्घाटन

दंगीशरण । दंगीशरण गाउँपालिका वडा न. ४ बैबाङमा नयाँ ब्यवस्थापनका साथ स्वास्थ्य फार्मेसी एण्ड हेल्थ क्लिनिक सञ्चालनमा आएको छ । हेल्थ क्लिनिकको विहीबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथी पिमाकुमारी खड्काले उद्घाटन गरेकी हुन् ।

उपाध्यक्ष खड्काले रिवन काटेर क्लिनिकको उद्घाटन गरेकी हुन् । फार्मेसी उद्घाटनपछि प्रमुख अतिथि खड्काले स्वास्थ्यमा जटिल समस्या भएका बिरामीका लागि क्लिनिक सञ्चालनमा ल्याएकोप्रति खुसी ब्यक्त गर्दै सफलताको शुभकामना दिएकी थिइन् । ल्याव सेवा अक्सिजन सेवासहितको सेवा सञ्चालन भएकाले थप केही सहयोग चाहिएमा गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा फार्मेसी तथा क्लिनिक सञ्चालक शोभाकर न्योपाने केशवले आफ्नै लगानीमा खोलिएको क्लिनिकमा सेवा लिएर सहयोग गर्नु आग्रह गरे । यस्तै राप्ती प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा.चुडामणि न्यौपानेले फार्मेसी तथा क्लिनिकबाट दिउँसो ३ बजेपछि आफुले सेवा दिने बताए ।

साथै फार्मेसीबाट भिडियो एक्सरे, इ.सि.सि. तथा अन्य ल्याव सेवा, माईनर अपरेसन सेवा, आकस्मिक सेवा, परिवार नियोजन सम्बन्धी सेवा, नेवुलाईजर (वाफ) तथा अक्सिजन सेवा, सुपथ मुल्यमा स्वदेशी तथा विदेशी एलोपेथिक एंव आर्युवेदिक औषधि विक्री सेवा, समय समयमा विभिन्न रोगको विशेषज्ञ चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य जाचँ सेवा दिइने जानकारी दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य मन्जु वि.क, नेकपा एमाले दंगीशरणका रविशन चौधरी, विरेन्द्र मा.वि.का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन चौधरी लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिका प्रेस संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस