ए डिभिजन लिग : आजदेखि तेस्रो चरणको खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजनमा फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।

उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो ।

उता नवप्रवेशी सातदोबाटोले ए डिभिजन लिगमा गज्जब सुरुआत गरेको छ । त्यही लयलाई कायम राख्ने लक्ष्यसहित सातदोबाटोको हुनेछ । पहिलो खेलमा फ्रेण्ड्ससँग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई हराएको थियो । एपीएफ भने लगातार दुई खेल हार्दै अंकविहीन छ । एपीएफ पहिलो अंक जोड्ने योजनामा हुनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस