रोल्पामा एक वर्ष वित्दा पनि स्वास्थ्य चौकी निर्माण हुन सकेन

रोल्पा । रोल्पाका चार स्थानीय तहमा स्वास्थ्य चौकी भवन शिलान्यास भएको एक बर्ष पूरा हुँदा पनि अहिलेसम्म केही काम सुरु हुन सकिरहेको छैन । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मंसिर १५ गते नेपालको झन्डै ३ सय ९६ स्थानीय तहमा ५ शैया,१ हजार शैया र १५ शैया आधारभूत स्वास्थ्य चौकीको भवन शिलान्यास भएको थियोे ।

रोल्पामा पनि थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा स्वास्थ्य चौकीको भवन शिलान्यास एकै दिन भएको थियो । थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीकाअनुसार भवन निर्माणका लागि सम्झौता भइसकेको र भवन सफा गरि पिल्लर उठाउने काम भइरहेकोे बताए ।

त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले करिब सात प्रतिशत काम भइरहेको र फिल्ड सम्याउने काम अन्तिम चरणमा पुगेको बताए । अहिले सम्झौता गरि टेन्डर प्रक्रियामा गएर पनि काम सञ्चालन भइरहेको बताए । माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले जग्गाको विषयमा केही विवाद भएकोले ढिला भएको र फिल्ड निर्माण काम सकिएको बताए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्ता कुमार वलीले आफ्नो गाउँपालिकामा पाँच प्रतिशत मात्र काम भएको र टेन्डरको जिम्मा लिएको व्यक्ति सम्पर्कमा नआएकोले फिल्ड निर्माणको काम समेत पुरा नभएको बताए । भवन निर्माणका लागि नेपाल सरकारले करिब १८ करोड लागतमा निर्माण हुने भनिएता पनि टेन्डर प्रक्रियामा करिब १३ करोडमा निर्माण हुने पालिकाका प्रमुखहरुको दाबी रहेको छ ।

उक्त भवन सम्झौता भएको मितिबाट करिब दुई बर्षभित्र र्मिाण गरी सक्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस